काठमाण्डौ ।प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताउनुभएको छ । आज आइतवार प्रदेश १ को बाढी, पहिरो ग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुग्नुभएका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरूको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताउनुभएको हो । उहाँले बेमौसमी वर्षाका कारण देशभर आएको अविरल…