अर्घाखाँची ।
नेकपा एमाले शितगंगाको प्रथम अधिवेशनले बसन्त श्रेष्ठको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी सर्वसम्मतिमा गठन गरेको छ । जसको नगर कमिटी उपाध्यक्षमा संजय राना, सचिवमा ऋषि घिमिरे, सह सचिवमा शिबकला बिक र धनु गाह सर्वसम्मतिमा चयन भएका छन् ।
अध्यक्षमा एकल उम्मेद्वारी परेको थियो । विगतमा पनि श्रेष्ठ नगर अध्यक्ष रहेका थिए ।
यस्तै उपाध्यक्षमा बिक्रम बेल्बासे र संजय रानाको उमेदवारी परेको थियो । बिक्रम बेल्बासेले रानालाई समर्थन गरे पनि निर्विरोध उपाध्यक्षमा चयन भएका छन ।
यस्तै सचिवमा दुर्गा बिसी र ऋषि घिमिरेको उमेदवारी परेकोमा बिसीले घिमिरेलाई समर्थन गरेका थिए ।
यस्तै उप-सचिवमा शिबकला बिक, हरि खनाल र धनु गाहाको उमेदवारी परेकोमा युवा संघका सचिव खनालले उम्मेद्वारी फिर्ता लिए पछि बिक र गाह सह सचिवमा निवाचित भएका छन । यस्तै नगर सदस्यहरुमा हरेक वडा बाट ५/५ जना रहने गरि सर्वसहमतमा नेत्तृत्व चयन गरिएको छ ।
शितगंगा नगरपालिकाको १४ वडा अबिधेशन सम्पन भर्इ २५२ नगर प्रतिनिधी चयन भएर नगर अबिधेशनमा सहभागी भएका थिए ।
प्रतिक्रिया