काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई १० बुँदे निर्देशन दिएका छन्। बुधबार अन्तर पार्टी निर्देशनमार्फत् उनले आफ्ना पार्टीका मन्त्रीलाई उक्त निर्देशन दिएका हुन्। समाजवादी पार्टीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ मन्त्री र भवानी खापुङ राज्यमन्त्री भएका छन्। सरकारमा रहेर देश र जनताको निम्ति राम्रो काम…