काठमाडौं ।पार्टीले कारबाही गरेका १४ जना सांसदको कारबाहीको सूचना टास गर्न दबाब दिँदै एमालेका सांसदहरु सभामुख अग्नी सापकोटालाई भेट्न पुगेका छन्। उनीहरुले सभामुख सापकोटालाई सूचना टासबारे ढिलाइ भएको भन्दै ध्यानकर्षण गराएको एमाले सांसद गोकुल बाँस्कोटाले जानकारी दिए। कार्यालय समय शुरु हुनासाथ एमालेका सांसदहरु सभामुख अग्नि प्रसाद सापकोटाको कार्यकक्षमा पुगेका थिए। सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी,…