३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

सभामुख सापकोटालाई भेट्न पुगे एमाले सांसद




काठमाडौं ।

पार्टीले कारबाही गरेका १४ जना सांसदको कारबाहीको सूचना टास गर्न दबाब दिँदै एमालेका सांसदहरु सभामुख अग्नी सापकोटालाई भेट्न पुगेका छन्।

उनीहरुले सभामुख सापकोटालाई सूचना टासबारे ढिलाइ भएको भन्दै ध्यानकर्षण गराएको एमाले सांसद गोकुल बाँस्कोटाले जानकारी दिए। कार्यालय समय शुरु हुनासाथ एमालेका सांसदहरु सभामुख अग्नि प्रसाद सापकोटाको कार्यकक्षमा पुगेका थिए।

सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी, गोकुल बाँस्कोटा, कृष्णभक्त पोखरेल, राजेन्द्र गौतम, लालबाबु पण्डित, विमला विश्वकर्मा, गोमा देवकोटा, सूर्य पाठक लगायतका सांसद सभामुखलाई दबाब दिन गएका थिए।

पार्टीले गरेको कारवाहीलाई कानून बमोजिम अघि बढाउन एमालेले सभामुखको ध्यानाकर्षण गराएको छ। बुधवार प्रमुख सचेतक विशाल भट्टराईसहितले औपचारिक रुपमा सभामुखलाई कारवाही प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए। सभामुखले भने आफूले कानून बमोजिम अध्ययन गर्ने बताएका छन् ।

एमालेले माधव नेपालसहितका १४ सांसदलाई साउन २५ गतेको केन्द्रीय कमिटी बैठकबाट निष्कासन गरेको छ। सो पत्र भदौ १ गते निर्वाचन आयोग र संसद सचिवालयमा पठाइएको छ।

प्रकाशित मिति : ४ भदौ २०७८ शुक्रबार ००:००  १ : ०० बजे