८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

एमाले विभाजनमा लाग्नेहरूलाई महंगो पर्ने ओलीको चेतावनी



काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनमा लाग्नेहरूलाई महंगो पर्ने चेतावनी दिएका छन्। बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले एमाले विभाजनमा लाग्नेहरूलाई महंगो पर्ने चेतावनी दिएका हुन्।

नेकपा एमाले अचानक बनेको होइन। यो जनताको पक्षमा काम गर्ने एकमात्रै पार्टी हो। एमाले खरानीको डल्लो होइन। विभाजन गर्न खोज्ने सरकारमा रहेको गठबन्धनलाई महंगो पर्छु ओलीले भने।

नेकपा एमालेले चुनाव गरायो भने दुई तिहाई ल्याउँछ भन्ने लागेर जालझेल गरेर सरकारबाट हटाएको आरोप ओलीले लगाए। परमादेशको सरकारले ४० प्रतिशतबाट घटाएर २० प्रतिशत ल्याए। संसदीय दल र केन्द्रीय समितिमध्ये जहाँ भए पनि हुने रे। हामीले अलिकति मेहनत गर्ने हो भने त्यो २० प्रतिशत पनि १० प्रतिशतमा झर्छ, तिनको पार्टी दर्ता हुन पनि पाउँदैनु ओलीले भने।

गठबन्धनको सरकार जालझेल बाहेक जनताप्रति कुनै एजेण्डा नभएको आरोप उनले लगाए। जनताको पार्टी भने नेकपा एमाले मात्रै भएको उनले दाबी गरे। माधव नेपाल अध्यक्ष बन्नकै लागि नयाँ पार्टी घोषणा गरेको पनि ओलीले आरोप लगाए। ​

प्रकाशित मिति : ३ भदौ २०७८ बिहिबार ००:००  ५ : १६ बजे