२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

शंकर पोखरेलले फेरि लगाए १० बुँदे सहमतीको रटान



काठमाडौं ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले कार्यदलले तयार पारेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी तयार रहेको जनाएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र पोखरेलले सहमतिको बाटो छोडेर माधव नेपालले नयाँ पार्टी खोल्नु दुखद भएको टिप्प्णी समेत गरेका छन् ।

‘झण्डै तीन कार्यकाल पार्टीको नेतृत्व गर्नुभएका माधव कमरेडले सहमतिको बाटो छोडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष हो । कार्यदलले तयार गरेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी प्रतिबद्ध छ’, पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

पार्टीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको भन्दै पोखरेलले विचलित नभई षड्यन्त्रविरुद्ध लाग्नुपर्ने पोखरेलको भनाई छ । ‘विचार र सिद्धान्तले नै यस पार्टीलाई संगठनात्मक रुपमा सुदृढ बनाउ, सबै प्रकारका षड्यन्त्रलाई सामना गरेर पार्टीलाई मुलुककै नेतृत्वकारी शक्तिका रुपमा स्थापित बनाउ’, पोखरेलले भनेका छन् ।

प्रकाशित मिति : ३ भदौ २०७८ बिहिबार ००:००  ११ : २४ बजे