बुटवल ।जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशसभाका ३ जना सदस्यलाई निश्कासन गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ । सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निश्कासन गरेको संसदीय दलका नेता सहसराम यादवले जानकारी गराएका छन् । पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक…