७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

उपाध्यक्ष पौडेल : कोभिड र बाढीपहिरोको प्रभावलाई ध्यान दिएर काम गर्छु



काठमाडौं ।
योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्व पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा ध्यान दिएर काम गर्ने बताएका छन्।

बिहीबार बिहान भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन्। उनले अब रेगुलर कामका साथै ओभरल प्लानिङको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई छुट ब्याक दिने र आफूलाई चाहिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको बताए।

उपाध्यक्ष पौडेलले भने, कोभिड र फ्ल्डको इम्प्याक्टको बारेमा हामीले हेर्नुपर्नेछ, त्यसपछि रेगुलर काम, ओभरल प्लानिङको गुणस्तर बढाउने र अर्थलगायत अरू मन्त्रालयहरूलाई छुट ब्याक दिने काम र हामीलाई चाहिने अरू निकायहरुलाई बलियो बनाउने हाम्रो लक्ष्य छ, सरहरू र कर्मचारीबाट यही अपेक्षा छ।

उनले आफ्नो बाँकी कार्यकाल सरकारलाई उपयोगी हुने काम गर्ने प्रतिज्ञा गरे।

प्रकाशित मिति : १४ श्रावण २०७८ बिहिबार ००:००  १ : १० बजे