६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

तालिबान विद्रोही नेतालाई चीनद्धारा स्वागत



काठमाडौं ।
अफगानिस्तानका विद्रोही समूह तालिबान र चिनियाँ विदेशमन्त्री वाङ यी बीच भेटवार्ता भएको छ । तालिबानका सह–संस्थापक तथा मुख्य वार्ताकार मुल्ला अब्दुल गनी बरादार नेतृत्वको तालिबान प्रतिनिधि मण्डललाई चीनले स्वागत गरेको हो ।

बरदारको टोलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग चीनको थियान्चिन सहरमा वार्ता गरेको तालिबानलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीन र तालिबानबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण मानिएको छ । पछिल्लो समय अफगानिस्तानबाट अमेरिकी सेना बाहिरिन थालेसँगै तालिबानले आफ्नो पक्कड बढाउँदै लगेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८ बिहिबार ००:००  ८ : २७ बजे