२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

गलत कुरामा कसैसँग सम्झौता नगर्ने बिपीबाट कांग्रेसले पाठ सिक्नुपर्छ : प्रकाशमान सिंह



काठमाडौं ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले बिपी कोइरालाले गलत कुरामा कसैसँग पनि सम्झौता नगरेको बताएका छन्।

उनको यो कुराबाट कांग्रेसले पाठ सिक्नुपर्ने सिंह बताउँछन्।

बीपीको स्मृति दिवसमा आज सिंहले भने, ‘नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्दै प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउन बिपीले गर्नुभएको योगदान सधैं स्मरणीय छ।’

बिपीले आफूमाथि संकट हुँदा पनि देश र जनता तथा प्रजातन्त्रप्रति दृढ संकल्प राखेको सिंह सम्झन्छन्।

‘बिपीले देश र जनतालाई सर्वोपरी ठान्नुहुन्थ्यो। प्रजातन्त्रको बाटोमा हिँड्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने कुरा कांग्रेसले पनि आत्मसाथ गर्न सक्नुपर्छ,’ सिंहले भने। साथै उनले बकर इदमा पनि शुभकामना दिएका छन्।

प्रकाशित मिति : ६ श्रावण २०७८ बुधबार ००:००  १२ : ०६ बजे