काठमाडौं । नेपाल विद्यार्थी संघले प्रतिनिधि सभा विघटन गरेको विरोधमा राष्ट्रपति कार्यालय शितल निवास अगाडि प्रदर्शन गरेको छ। नेविसंघ नेता दुजाङ शेर्पा नेतृत्वमा आज प्रदर्शन गरिएको हो। प्रतिनिधि सभा विघटनको निर्णय खारेज गर्न उनीहरूले माग गरेका छन्। उनीहरूले संविधानको मर्मविपरीत प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको लागि सिफारिस गरेको र राष्ट्रपतिले गए राति अनुमोदन गरेकोमा विरोध गरेका…