१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

जसपाले सोध्यो ठाकुर–महतोसहित ४ जनालाई स्पष्टीकरण



काठमाडौँ ।
जसपा कार्यकारिणी समितिको बहुमत सदस्यहरूको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टी निर्णयविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

अध्यक्ष उपेन्द्र यादवसहित शनिबार सोह्रखुट्टेको नेपाः ब्यांक्वेटमा बसेको बैठकले चार जना नेताहरूले पार्टीको विधानविरुद्ध गतिविधि गरेको निष्कर्ष निकालेको थियो । ठाकुर–महतो समूहले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिने निर्णय गरेको थियो । त्यस्तै ओलीको कदमलाई साथ दिँदै गठबन्धन गर्ने तयारीसमेत गरिरहेको छ ।

जसपा नेता रामसहायप्रसाद यादवका अनुसार शनिबारको बैठकमा भौतिक रूपमा २८ र भाइबरसमेतबाट जोडिएका गरी कुल ३२ जनाको बैठक बसेको थियो । बैठकले संसदीय दलको नेताका रूपमा राजेन्द्र महतोलाई गरिएको घोषणा अस्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै राजेन्द्र श्रेष्ठले पेस गरेको राजनीतिक प्रतिवेदन पास गर्दैर् प्रधानमन्त्री ओलीले सत्ता लम्ब्याउन गरेको गतिविधिविरुद्ध गठबन्धनसँग मिलेर अघि बढ्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८ आइतबार ००:००  ६ : ५१ बजे