१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

प्रतिनिधि सभा विघटन खारेज गर्न माग गर्दै नेविसंघको प्रदर्शन



काठमाडौं ।

नेपाल विद्यार्थी संघले प्रतिनिधि सभा विघटन गरेको विरोधमा राष्ट्रपति कार्यालय शितल निवास अगाडि प्रदर्शन गरेको छ।

नेविसंघ नेता दुजाङ शेर्पा नेतृत्वमा आज प्रदर्शन गरिएको हो। प्रतिनिधि सभा विघटनको निर्णय खारेज गर्न उनीहरूले माग गरेका छन्।

उनीहरूले संविधानको मर्मविपरीत प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको लागि सिफारिस गरेको र राष्ट्रपतिले गए राति अनुमोदन गरेकोमा विरोध गरेका छन्।

उनीहरूले शितल निवास अगाडि सडकमा कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न पनि माग गर्दै नारावाजी गरेका थिए।

नेविसंघ नेताहरू परोपकार अधिकारी, सरोज तिमल्सिना, श्याम ओझा, नरेश विष्टलगायतले नारावाजीसहित शितलनिवास अगाडि विरोध गरेका हुन्।

आजै नेविसंघ अध्यक्ष राजिव ढुंगानाले युवा तथा विद्यार्थीलाई संघर्षमा उत्रन निर्देशन दिँदै विज्ञप्ति जारी गरेका थिए।

प्रकाशित मिति : ८ जेष्ठ २०७८ शनिबार ००:००  ४ : १० बजे