१० चैत्र २०७९, शुक्रबार | Sat Mar 25 2023

बागमतीका मुख्यमन्त्रीले सोधे १४ सांसदलाई स्पष्टीकरण



काठमाडौं ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले वरिष्ठ नेता माधव नेपाल पक्षधर १४ सांसदलाई स्पष्टीकरण सोधेका छन्।

आज बसेको संसदीय बोर्डको बैठकले पार्टी विरोधी काम गरेको भन्दै स्पष्टीकरण सोधेको बागमती प्रदेशमा एमालेका प्रमुख सचेतक दीपक निरौलाले बताए।

लामो समयदेखि पार्टी विरोधी र संसदीय दल विरोधी काम गरेकोले स्पष्टीकरण सोधिएको हो, उनले भने, १४ जनालाई सोधिएको छ। उहाँहरूले भोलि ५ बजेसम्म स्पष्टीकरण बुझाउनुपर्नेछ।

स्पष्टीकरण सोधिएका सांसदहरूमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, बसुन्धरा हुमागाईं, मुनु सिग्देल, इन्द्रमाया गुरूङ, कृष्णप्रसाद खनाल, बसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, मिना ज्ञवाली र लक्ष्मण लम्साल र पार्वती सिलवाल रहेका छन्।

जेठ ६ गते भएको राष्ट्रियसभा निर्वाचनमा नेपाल पक्षीय जनप्रतिनिधिले स्वतन्त्र उम्मेदवारलाई मत दिएका थिए।

पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई भोट दिन एमाले महासचिव ईश्वर पोखरेलले ह्वीप जारी गरेको भए पनि उनीहरूले मत दिएका थिएनन्।

बादललाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा विजयी भएका थिए। राष्ट्रियसभाको निर्वाचनमा जनप्रतिनिधिहरूले गोप्य मतदान गर्छन्।

प्रकाशित मिति : ८ जेष्ठ २०७८ शनिबार ००:००  ४ : १४ बजे