१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

नेम्वाङ र पौडेल पुगे माधव नेपाललाई भेट्न संसद् सचिवालय

काठमाडौँ ।नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल सिंहदरबारस्थित संसद् सचिवालयमा गएका छन् । अन्य सांसदहरुसहित आइतबार दिउँसो करिब साढे ३ बजे संसद् सचिवालय पुगेका नेता नेपाललाई भेट्न अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु नेम्वाङ र पौडेल केहीबेर अघि संसद् सचिवालयमा पुगेका हुन् ।