६ असार २०८३, शनिबार | Sat Jun 20 2026

यी सांसदले आफ्नो पद जोगाउन अन्तिममा नेपाल पक्षलाई छोडे



काठमाडौँ ।
कहिले संस्थापन पक्ष कहिले असन्तुष्ट पक्षतिर उभिँदै आएका नेकपा एमालेका सात जना सांसदले अन्ततः पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएका छन्।

जसमध्ये एक जना सांसद पार्वती विशुङ्खे असन्तुष्ट माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको सिंहदरबारको सोमबारको बैठकमा सामेल थिइन्। उनी बैठकको बीचमा निस्केकी थिइन्।

यस्तै पछिल्लो पटक नेपाल पक्षको साथमा रहेको दाबी गरेका समिना हुसेन, हिरा केसी, राजबहादुर बुढा, गंगा चौधरी ९सत्गौवा० विना बुढाथोकी र ध्रुव शाहीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका हुन्। उनीहरु संसदमा जानुभन्दा पहिले छुट्टै बैठक बसेका थिए।

ओलीलाई विश्वासको मत दिने नेपाल पक्षका सांसदमध्ये तीना जना कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्छन्। उनीहरुले गुटउपगुट भन्दा पनि एमाले पार्टीलाई ध्यान दिएर प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएको दाबी गरे।

तर उनीहरुले सांसद पद जोगाउन र पार्टीमा केही जिम्मेवारी थपिदिने ओलीको आश्वासनपछि ओलीलाई विश्वासको मत दिएको बुझिएको छ।

प्रकाशित मिति : २८ बैशाख २०७८ मंगलबार ००:००  ७ : २३ बजे