काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्। आज दिउँसो बस्ने नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक र मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली बुधबार बिहान शितल निवास पुगेका हुन्। नेकपा सचिवालय बैठक बस्ने कि नबस्ने अन्यौल भइरहेका बेला राष्ट्रपति भण्डारीको सक्रियता पनि बढेको छ। हिजो राष्ट्रपति भण्डारीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल…