काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल र भारतीय राजदूत विनयमोहन क्वात्राबीच आज बुधबार भेटवार्ता भएको छ।उक्त भेटमा अर्थमन्त्री पौडेलले नेपालको विकासका लागि भारत सरकारबाट निरन्तर प्राप्त सहयोगको लागि धन्यबाद दिएका थिए। अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अर्थमन्त्री र राजदूतबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी तथा कोरोना महामारी नियन्त्रणलगायत विषयमा छलफल भएको उल्लेख छ।अर्थमन्त्री पौडेलले…