२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

सकियो प्रचण्डले डाकेको बैठक, निर्णय भयो यस्तो



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यहरूले सचिवालय बैठकका लागि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्ने भएका छन् ।

नेकपा पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठकले शनिबार प्रधानमन्त्रीलाई भेटेर बैठकका लागि आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

‘हामीले १ र ९ गते लिखित रूपमा नै बैठकका लागि आग्रह गर्‍यौ, ‘उनले भने, ‘शनिबार पाँचै जना सदस्य बालुवाटार पुगेर बैठकका लागि आग्रह गर्छौं ।’

आजको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७७ शुक्रबार ००:००  ५ : १६ बजे