७ असार २०८३, आइतबार | Sun Jun 21 2026

प्रदेशसभा स्थगित, कांग्रेसले लगायो सभामुखमाथि आरोप



बुटवल ।
प्रदेश ५ को प्रदेशसभा सोमबार एक घण्टाका लागि स्थगन भएको छ । विपक्षी दल नेपाली कांग्रेसले सभामुख पूर्णबहादुर घर्तीले परामर्श समितिको बैठकमा छलफल नगरी कार्यसूची बनाएको आरोप लगाएपछि बैठक स्थगन भएको हो ।

विपक्षी दल कांग्रेसका प्रदेशसभा सदस्य फकरुद्धिन खानले भने, ‘‘हामी अझै निरन्तर छलफलमा छौँ । ’’ सभामुख घर्तीले कार्यसूचीमा प्राविधिक त्रुटि भएकाले समस्या भएको बताए ।

प्रदेश ५, प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको खर्च शीर्षक नं २२५२२ को पदाधिकारी तथा कर्मचारीको अन्तरप्रदेश भ्रमण शीर्षकमा कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीसमेतले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो । रासस

प्रकाशित मिति : १५ असार २०७७ सोमबार ००:००  ७ : १९ बजे