४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सन्दर्भ धान दिवस : कृषकलाई प्रोत्साहन आवश्यक नेकपा कपिलवस्तु



मायादेवी अनलाइन, तौलिहवा ।
असार १५ अर्थात १७ औ राष्ट्रिय धान दिवसको अवसरमा नेकपा कपिलवस्तुले विज्ञप्ती मार्फत सम्पूर्ण कृषक दाजुभाई प्रति शुभकामना सन्देश जारी गरेको छ ।

नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाह (विष्ण) द्धारा जारी विज्ञप्तीमा असार १५ कृषक दाजुभाईका निम्ति मात्र नभई सम्पूर्ण मानव जातीका निम्ति निकै महत्वपूर्ण दिन रहेको चर्चा गरिएको छ ।

दिवसका सन्दर्भमा जारी विज्ञप्तीमा कृषकलाई समयमै सहज रुपमा मलको उपलब्धता गराउन, कृषकलाई प्रोत्साहनका प्याकेज मार्फत निश्चित बचतको ग्यारेन्टी गर्न आग्रह गर्दछौं भनिएको छ ।

विज्ञप्तीमा समय सापेक्ष कृषि पेशालाई आधुनिकीकरण गर्दै उत्पादकत्व वृद्धिका निम्ति ठोस योजना ल्याउन सरकारसंग माग गर्दछौ भनिएकोे नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।

प्रकाशित मिति : १५ असार २०७७ सोमबार ००:००  ७ : १५ बजे