काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथ यही फागुन २१ गतेका लागि तय भएको छ । गत माघ ९ गते निर्वाचित १८ जनालाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराउने कार्यक्रम २१ गतेका लागि तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ । राष्ट्रिय पोशाक वा आ आफ्नो पहिचान झल्किने पोशाकमा शपथ लिन सक्ने सचिवालयले जनाएको छ…