३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026

२३ बुँदे माग पूरा गर्न क्याम्पस प्रशासनसँग नेविसंघको आग्रह



काठमाडौं ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री दीपक भट्टराईले पुल्चोक इन्जिनियरिङ कलेजमा नेविसंघले अघि सारेका माग पूरा गर्न क्याम्पस प्रशासनसँग आग्रह गरेका छन् ।
क्याम्पसको शैक्षिक तथा भौतिक सुधारको माग राख्दै रिले अनशनमा बसेका विद्यार्थीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै महामन्त्री भट्टराईले माग पूरा गर्न क्याम्पस प्रशासनसँग माग गरेका हुन् ।
आन्तरिक मूल्यांकनलाई बढावा दिनुपर्ने, अनुसन्धानमूलक शिक्षामा जोड दिनुपर्ने, पुरानो पाठ्यक्रम तुरुन्त संशोधन गर्नुपर्ने, जीर्ण रहेका पूर्वाधार विकासका लागि आवश्यक कदम चाल्नुपर्नेलगायत माग अघि सारेर नेविसंघको क्याम्पस एकाइ समिति तीन दिनदेखि रिले अनशनमा बसेको छ ।
रिले अनशन बस्नुअघि नेविसंघले गत माघ १ गते क्याम्पस प्रशासनलाई २३ बुँदे मागसहित ज्ञापनपत्र बुझाउँदै चरणबद्ध आन्दोलन सुरु गरेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६ मंगलबार ००:००  ४ : १७ बजे