काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाँचथरको मिक्लाजुङ गाँउपालिकामा भएको हत्याकाण्डबारे सरकारको जवाफ माग गरेको छ । सोमबार राति मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको विषयमा सत्यतथ्य जानकारी गराउन कांग्रेसले सरकारसँग माग गरेको हो । प्रतिनिधिसभा बैठकको शून्य समयमा पूर्व गृहराज्यमन्त्री समेत रहेका देवेन्द्रराज कँडेल, सचेतक पुष्पा भुसालले घटनाबारे जानकारी…