२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

ओली सरकारसँग कार्यकर्ता हत्याको बदला लिने विप्लवको चेतावनी



काठमाडौं ।
‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो कार्यकर्ता तीर्थराज घिमिरेको दोहोरो भिडन्तको नाममा गरेको हत्याको बदला लिने चेतावनी दिएको छ।
महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठनका तीर्थराज घिमिरे कमरेड राजुलाई केपी ओली सरकारको ठाँडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भिडन्तको नाममा हत्या गरेको छ। उसले गरेको जघन्य हत्याको बदला जनताले उचित समयमा लिने नै छन्।’
यस्तै विप्लवले तीर्थराजको हत्याको छानबिन गर्नु पर्ने माग गर्दै सरकारविरुद्ध आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको छ। जस अनुसार जेठ १० र ११ गते सरकारविरुद्धको भण्डाफोर र कोणसभा कार्यक्रमको आयोजना गरेको छ भने १२ गते देशव्यापी रुपमा मसाल जुलुस र १३ गते नेपाल बन्दको घोषणा गरेको छ।
उसले केपी ओली सरकारले हाम्रो पार्टीमाथि लगाएको प्रतिबन्ध, गिरफ्तारी,दमन,चरम यातनाका साथै हत्यासम्म उत्रिएर देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कुचेष्टा गरेको आरोप लगाएको छ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६ बिहिबार ००:००  १ : ५८ बजे