२२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026

मोदीलाई बधाई दिन प्रधानमन्त्री ओली सबैभन्दा पहिला



काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई ज्ञापन गरेका छन्। उनी मोदीलाई बधाई दिने पहिलो सरकारप्रमुख हुन्।लोकसभा निर्वाचनमा बहुमतले विजय प्राप्त गर्ने संघारमा रहेका मोदीलाई प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका हुन् ।

ओलीले मोदीको अबको कार्यकाल पनि सफल रहोस् भनि कामना पनि गरेका छन् । बधाई सन्देशमा प्रधानमन्त्री ओलीले मोदीको अबको कार्यकालमा पनि सहकार्य गरेर अघि बढ्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६ बिहिबार ००:००  २ : २६ बजे