२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

संसदले नागरिकता ऐन पारित नगर्दा परिपत्र गर्न बाध्य भयौँः गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री राबहादुर थापा बादलले संसदबाट नागरिकता ऐन पारित नगरिँदा जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन परिपत्र गर्नुपरेको बताएका छन् । संसदको राज्य व्यवस्था समितिलाई चैत १९ गते गृहमन्त्रालयले जन्मसिद्धका सन्तानलाई नागरिकता दिनु भन्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको विषयमा जानकारी दिँदै थापाले संसदकै ढिलासुस्तीका कारण आफूले निर्णय गर्नुपरको जवाफ दिएका हुन् ।…