७ असार २०८३, आइतबार | Mon Jun 22 2026

पूर्वप्रधानमन्त्री नेपाल आज अस्पतालबाट डिस्चार्ज हुने



काठमाडौं ।
ज्वरो र छातीको इन्फेक्सन भएर शनिबारयता त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल मंगलबार डिस्चार्ज हुने भएका छन। बारा र पर्साको हुरी प्रभावित क्षेत्रमा गएका बेला स्वास्थ्यमा समस्या आएपछि राजधानी आउनासाथ नेपाललाई अस्पताल भर्ना गरिएको थियो। नेपालको नीजि सचिवालय स्रोतका अनुसार स्वास्थ्य सामान्य बन्दै गएकोले घरमै केही दिन आराम गर्नुपर्ने चिकित्सकहरूले सल्लाह दिएका छन। नेता नेपालको अस्पतालका छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासको नेतृत्वमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २६ चैत्र २०७५ मंगलबार ००:००  ९ : १९ बजे