८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

राजपा बैठक आज, महाधिवेशनको मिति सार्ने तयारी



काठमाडौं ।
राष्ट्रिय जनता पार्टी राजपा नेपालको अध्यक्ष मण्डलको बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय बबरमहलमा सोमबार दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा पार्टीको आगामी महाधिवेशनबारे छलफल हुने महासचिव मनिष सुमनले जानकारी दिए। राजपाले आगामी वैशाख ७ गते पार्टीको महाधिवेशन गर्ने निर्णय यसअघि गरेकोमा विभिन्न कारणहरु देखाएर महाधिवेशनको मिति सार्ने तयारी गरेको छ। महाधिवेशनको विषयमा बैठकमा छलफल गरी महाधिवेशनको अर्को मिति तय गर्ने महासचिव सुमनले जानकारी दिए। बैठकमा सदस्यतासम्बन्धी जिल्लाबाट आएका प्रतिवेदन अध्ययन गर्ने तथा पार्टीका सक्रिय सदस्य र साधारण सदस्यतासम्बन्धी विवरण अनुमोदन गर्ने पनि बैठकको एजेण्डा रहेको छ। शरतसिंह भण्डारी अध्यक्ष मण्डलको संयोजक भएपछि पहिलो पटक बस्न लागेको बैठकमा महाधिवेशन सम्पन्न गर्न विभिन्न समितिहरु बनाउनेबारेसमेत छलफल गर्ने तयारी गरिएको छ।

प्रकाशित मिति : २५ चैत्र २०७५ सोमबार ००:००  ३ : ३० बजे