काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारकै कारण मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको कम्पनी काम छोडेर भागेको आरोप लगाएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकारले कम्पनी सञ्चालन गर्न आएका प्रति गैरकानुनी ढंगले धरपकड गरेकाले उनीहरु काम छोडेर भागेको आरोप लगाएका हुन । नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले…