एजेन्सी ।भारतको सूचना र प्रसारण मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बीबीसीले बनाएको वृत्तचित्रलाई यूट्यूब र ट्वीटरमा ब्लक गर्न आदेश दिएको छ । बीबीसीले भारतमा वृत्तचित्र प्रसारण नगरेको भए पनि केही यूट्यूब च्यानलमा भिडियो अपलोड गरेपछि भारत सरकारले ब्लक गर्न निर्देशन दिएको हो । साथै, मन्त्रालयले भिडिओको लिंक शेयर गर्ने झण्डै ५० वटा ट्विटर पोस्टहरूलाई पनि हटाउन…