काठमाडौं ।प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई आइतवार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । ९३ सदस्यीय प्रदेश सभामा ४७ जना सांसद भए बहुमत पुग्नेमा कार्कीले ६० जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गर्नुभएको थियो । कार्कीलाई एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३,…