काठमाडौं ।नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ । पार्टी कार्यालय आलोकनगरमा शनिबार बसेको समाजवादीको सचिवालय बैठकले भूसाललाई पार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित गर्ने निर्णय गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए । बैठकमा भूसाललाई जिम्मेवारी दिने एकमात्र एजेण्डामा छलफल भएको र सचिवालय सदस्यको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको उनले बताए…