२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

शतप्रतिशत जितसहित बेल्जियम समुह विजेता, फिनल्याण्ड पराजित

एजेन्सी । बेल्जियम समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा फिनल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको हो ।रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे । बेल्जियमले एक गोल आत्मघाती उपहार पाएको थियो ।…