न्युजिल्याण्ड बन्यो विश्व टेस्ट च्याम्पियन, भारतको सपना चकनाचुर


एजेन्सी । न्युजिल्याण्डले पहिलो संस्करणको आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ ।फाइनलमा भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्ड पहिलो संस्करणको च्याम्पियन बनेको हो ।

साउथह्याम्पटनमा बुधबार दोस्रो इनिङ्समा भारत १ सय ७० रन जोड्दा अलआउट भएपछि न्युजिल्याण्डले १ सय ३९ रनको लक्ष्य पाएको थियो ।

उक्त सामान्य लक्ष्य न्युजिल्याण्डले मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

दोस्रो इनिङ्समा न्युजिल्याण्डका कप्तान केन विलियम्सनले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले । रोस टेलर ४७ रनमा अविजित रहे ।ओपनर डेभोन कन्वे १९ रन जोड्दा आउट हुँदा टम लाथम ९ रनमा आउट भए । भारतका रविचन्द्र आश्विनले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा अलआउट हुँदै २ सय १७ रन बनाएको थियो ।

पहिलो इनिङ्समा भारतका अजिन्का रहाणेले सर्वाधिक ४९ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ४४ रन जोड्दा रोहित शर्माले ३४ रन बनाए । शुबमन गिलले २८ तथा रविचन्द्र आश्विनले २२ रन बनाए ।

भारतलाई सस्तैमा समेट्ने न्युजिल्याण्डका केली जेमिसनले ५ विकेट लिए । उनले मात्र ३१ रन खर्चिए ।

त्यस्तै ट्रेन्ट बोल्ट र निल वाग्नेरले २र२ विकेट लिए ।

पहिलो इनिङ्समा न्युजिल्याण्ड पनि २ सय ४९ रन जोड्दा अलआउट भएको थियो ।

न्युजिल्याण्डका लागि पहिलो इनिङ्समा ओपनर डेभोन कन्वेले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । टम लाथम ३० रन जोडेर आउट भए ।

कप्तान केन विलियम्सनले ४९ रन जोड्दा टम लाथम ३० रन जोडेर आउट भए । टिम साउथीले ३० रन जोड्दा केली जेमिसन २१ रन बनाए ।

भारतका मोहमद शामीले ४ विकेट लिए । इशान शर्माले ३ तथा रविचन्द्र आश्विनले २ विकेट लिए ।

न्युजिल्याण्डका बलर चम्किएपछि दोस्रो इनिङ्समा पनि भारत सस्तैमा समेटिएको थियो ।

भारतका ऋषव पन्तले सर्वाधिक ४१ रन बनाए । रोहित शर्माले ३० रन जोड्दा रविन्द्र जडेजाले १६ रन बनाए ।

अजिन्का रहाणे र चेतेश्वर पुजारा समान १५ रनमा आउट हुँदा कप्तान विराट कोहली र मोहमद शामी समान १३ रनमा आउट भए ।

न्युजिल्याण्डका टिम साउथीले ४ विकेट लिए । ट्रेण्ड बोल्टले ३ तथा केली जेमिसनले ३ विकेट लिए ।

उपाधिसँगै न्युजिल्याण्डले १।६ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ ।

उपविजेता बनेको भारतले ८००,००० अमेरिकी डलर प्राप्त गरेको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस