१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

जर्मनीलाई बराबरीमा रोकेपनि हंगेरी युरोकपबाट बाहिरियो



एजेन्सी । जर्मनी समूह उपविजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।एलिनाज स्टेडियममा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा हंगेरीसँग २-२ गोलको बराबरी खेल्दै जर्मनी समूह उपविजेता बनेको हो ।
रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने हंगेरीले बनाएको थियो ।

खेलको ११ औं मिनेटमा कप्तान एडम सज्लाईले गोल गर्दै हंगेरीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले रोलान्डको पासमा उत्कृष्ट हेडर गोल गरे ।खेलको २१ औं मिनेटमा माट हुमेल्सको हेडर क्रसबारमा लागेर फर्किएको थियो।तर, खेलको ६६ औं मिनेटमा काइ हाभर्टेजले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा फर्काए । उनले हुमेल्सको पासमा गोल गरे ।

लगत्तै ६८ औं मिनेटमा आन्द्रेस सेफेरले गोल गर्दै हंगेरीलाई २(१ को अग्रता दिलाए ।त्यसपछि खेलको ८४ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै जर्मनीलाई २-२ को बराबरीमा फर्काउदै हारबाट जोगाए ।

प्रकाशित मिति : १० असार २०७८ बिहिबार ००:००  २ : ५८ बजे