एजेन्सी ।युरोपको सर्वाधिक ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब चेल्सीले बराबरी खेलेका छन् । मङ्गलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा रियल र चेल्सीले १–१ गोलको बराबरी खेलेका हुन् । रियलको मैदान स्टेडियो डी अल्फ्रेडोमा भएको खेलमा घरेलु टिमका करिम बेन्जेमाले गोल गरे भने चेल्सीका क्रिस्टियन पुलिसिकले एक गोल गरे ।…