एजेन्सी । लिग कपको उपाधिमा म्यानचेस्टर सिटीले ह्याट्रिक गरेको छ । आइतबार राति भएको खेलमा सिटीले एस्टोन भिल्लालाई दुई एकले हराउँदै सातौ पटक उपाधि उचाल्न सफल भयो । एनफिल्डमा साढे ८२ हजार दर्शकमाझ भएको खेलमा सिटीको जितमा सर्जियो अगुइरो र रोद्रि हेर्नान्डेजले एक एक गोल गरे । खेलको २० औं मिनेटमा अगुइरोले डि बक्स भित्र…