३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

टी–२० वरीयतामा सूर्यकुमार शीर्ष स्थानमा

काठमाडौँ।भारतीय ब्याट्सम्यान सूर्यकुमार यादव आईसिसी टी–२० वरीयतामा ८६१ अंकका साथ शीर्ष स्थानमा उक्लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसीआई) ले सार्वजनिक गरेको नयाँ वरियतामा इंग्ल्यान्डका फिल साल्ट ८०२ रेटिङका साथ दोस्रो स्थानमा छन्। टी–२० मा सबैभन्दा छिटो ३ हजार रन बनाएका पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई वरियतामा कुनै फाइदा देखिएको छैन। उनको रेटिङ ८०० रहेको छ।…