१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आयरल्यान्डसँग पाकिस्तान ५ विकेटले पराजित



काठमाडौं ।
आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा पाकिस्तान ५ विकेटले पराजित भएको छ । हिजोदेखि शुरु भएको दुई देशबीचको तीन खेलको टी–२० क्रिकेट श्रृङ्खलाको पहिलो खेल जितेको घरेलु टोली आयरल्यान्डले श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । पाहुना टोली पाकिस्तानले दिएको १ सय ८३ रनको लक्ष्य आयरल्यान्डले १ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । श्रृङ्खलाको दोस्रो खेल भोलि आइतवार र तेस्रो तथा अन्तिम खेल मङ्गलवार हुनेछ । आयरल्यान्ड र पाकिस्तान टी–२० विश्वकपमा एउटै समूहमा छन् । यी दुई टोली रहेको समूह ‘ए’ मा भारत, क्यानडा र अमेरिका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८१ शनिबार ००:००  ११ : २९ बजे