२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

टी–२० वरीयतामा सूर्यकुमार शीर्ष स्थानमा



काठमाडौँ।
भारतीय ब्याट्सम्यान सूर्यकुमार यादव आईसिसी टी–२० वरीयतामा ८६१ अंकका साथ शीर्ष स्थानमा उक्लिएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसीआई) ले सार्वजनिक गरेको नयाँ वरियतामा इंग्ल्यान्डका फिल साल्ट ८०२ रेटिङका साथ दोस्रो स्थानमा छन्।

टी–२० मा सबैभन्दा छिटो ३ हजार रन बनाएका पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई वरियतामा कुनै फाइदा देखिएको छैन। उनको रेटिङ ८०० रहेको छ।

यस्तै, दक्षिण अफ्रिकाका एडेन मार्कराम एक स्थान माथि उक्लेर चौथो स्थानमा पुगेका छन्। मार्करामका कारण पाकिस्तानका कप्तान बाबर आजम एक स्थान तल झरेर पाँचौँ स्थानमा पुगेका छन्।

७१४ रेटिङका साथ शीर्ष पाँच ब्याट्सम्यानपछि यशस्वी जयसवाल छैटौँ स्थानमा छन्। दक्षिण अफ्रिकाकी रिली रोसोउ ६८९ रेटिङका साथ सातौँ स्थानमा छन्।

इङ्ग्ल्यान्डका जोस बटलर ६८० रेटिङका साथ आठौँ स्थानमा उक्लिएका छन्। न्यूजिल्यान्डका फिन एलेन एक स्थान तल झरेर नवौँ स्थानमा पुगेका छन्। उनको रेटिङ ६६६ रहेको छ। दक्षिण अफ्रिकाकी रीजा हेड्रिक्स ६६० रेटिङसाथ १० औँ स्थानमा छन्।

बायाँ हाते तीव्र गतिका बलर शाहीन अफ्रिदी पुनः एक पटक पाकिस्तानको टी–२० क्रिकेटमा सबैभन्दा बढी रेटिङ प्राप्त गर्ने बलर बनेका छन्। न्यूजिल्यान्डविरुद्धको शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै उनी दुई स्थान माथि अर्थात् १७औँ स्थानमा उक्लिएका छन्।

तीव्रगति बलिङतर्फ टिम साउथी र हारिस रउफ २२औँ स्थानमा छन्। इङ्ग्ल्यान्डका आदिल रसिद टी–२० वरियताको शीर्ष स्थानमा यथावत् छन् भने पाकिस्तानविरुद्धको सिरिजमा न्यूजिल्यान्डका लागि ३ विकेट लिएका इश सोधीले पनि वरियतामा केही सुधार गरेका छन्।

प्रकाशित मिति : १३ बैशाख २०८१ बिहिबार ००:००  ११ : १३ बजे