काठमाडौं । साबिक विजेता लुम्बिनी प्रदेश यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा लुम्बिनीले मधेस प्रदेशलाई ५८ रनले हरायो । फाइनलमा लुम्बिनीले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ । जितका लागि दुई सय २३ रनको लक्ष्य पछ्याएको मधेस ४५.४ ओभरमा एक सय ६४ रनमा समेटिएको थियो । मधेसका लागि मयान…