१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

उपाधीका लागि लुम्बिनी र सुदुरपश्चिम खेल्दै



काठमाडौं ।

राजधानीमा जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाईनल खेल आज सोमबार हुदैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने फाईनल खेलमा सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुदैछ ।

खेल बिहान ९ बजेबाट सुरु हुनेछ । समूह चरणको खेलमा अपराजित रहदै साबिकको उपबिजेता सुदुरपश्चिम फाईनल पुगेको हो ।

डिफेन्डिङ च्याम्पियन लुम्बिनी भने समूह चरणका ६ मध्ये ५ खेलमा विजयी भएर फाईनलमा पुगेको हो ।

लुम्बिनी र सुदुरपश्चिमबीचको गत बर्षको फाईनल खेल लुम्बिनीले १ सय १३ रनले जितेको थियो ।

यस संस्करणको समूह चरणको भेटमा लुम्बिनी सुदुपश्चिमसँग १ सय रनले पराजित भएको थियो ।

सुदुरपश्चिम गत संस्करणको फाईनलको हारको बदला लिन चाहान्छ । लुम्बिनी यस बर्ष पनि उपाधी जित्न चाहान्छ ।

प्रतियोगितामा प्रदेश १, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।

यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०-१० हजार पाउने छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७९ सोमबार ००:००  ७ : ४० बजे