१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

गोर्खालीकै कारण नेपालीको शिर ठाडो भएको छ : मुना


२८ जेष्ठ २०७४ आइतबार ००:००  

0
Shares

जेठ २८,काठमाण्डौ – नेपालि गित संगीतका चर्चित गीतकार तथा संगीतकार विष्णु न्यौपानेको सिर्जनामा रमाईलो रोईला गित बजारमा आएको छ।

ठट्यौली पाराको गितमा गोर्खाली मुनाले ठट्यौली पारामा गोर्खालीका कारण नेपालीहरु संसारमा विर नेपालीको रुपमा चिनिएको बताएकी छन् ।

चर्चित गायिका मुना थापा र गायक गोविन्द भट्टराईको स्वरमा सजिएको गित बजारमा आएको छ।  स्याङ्गजाली गोर्खाली नामक यथार्थ र वास्तविक घटनामा चित्रण गरिएको यस रमाईलो भिडीयोमा के छ भने चर्चित गायिका मुना थापा मगर गोर्खाली हुन् र गायक गोविन्द भट्टराई स्याङ्गजाली हुन्।

गित ठट्यौली पाराको छ। यस गीतको म्युजिक भिडियो रत्नपार्कमा लाईभ दोहोरि पाराले छायांकन गरिएको हो। भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन् ।  वासु बरालको छायांकन छ भने मिलन वि.क को सम्पादन रहेको छ। यस गित तथा भिडियोलाई कामना डिजिटल प्रा.ली ले बजार व्यवस्थापन गरेको छ ।

भिडियो हेर्नको लागी तलको लिंक क्लिक गर्नुहोस 

प्रकाशित मिति : २८ जेष्ठ २०७४ आइतबार ००:००  ३ : ४३ बजे