८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेपाल आइडलमा लुम्बिनीकि शान, पाण्डेलाई जिताउने अभियान



भैरहवा ९, सोमबार ।

रूपन्देहीको मणिग्राममा सम्पन्न सर्वपक्षीय भेलाले सुजाता पाण्डेलाई नेपाल आइडल बनाऔं’ अभियानलाई घर–घर र व्यक्ति–व्यक्तिकहाँ पु¥याउने निर्णय गरेको छ । वरिष्ठ सञ्चारकर्मी तथा सामुदायिक अभियन्ता भरत भूसालको सञ्चालनमा भएको भेलाले लुम्बिनी अञ्चलकै एकमात्र प्रतिस्पर्धीलाई सबैको गौरवका रूपमा लिने निर्णय गर्दै अभियान सञ्चालनका लागि विभिन्न समिति निर्माण गरेको छ ।

साथै एस.एम.एस. भोटिङ् र अर्थ सङ्कलनका सहितका विविध समितिलाई समेट्ने गरी गीतकार तेजप्रसाद पाण्डेयको संयोजकत्वमा मूल समिति तथा कार्यकारिणी समिति गठन गरेको छ । कार्यकारिणी समितिका सदस्यहरूमा भरत भूसाल, नेत्र वन, विष्णु भट्टराई, टोपबहादुर के.सी., रूकु पाण्डे, तुल्सीराम कँडेल, लिलामणि ज्ञवाली, खिमानन्द न्यौपाने, शोभाकान्त पङ्गेनी, सुरज पंगेनी, रमेशकुमार पराजुली, पिताम्बर सापकोटा लगायत रहनुभएको अभियानका प्रवक्ता मुक्तिनाथ गैह्रेले जानकारी दिनुभयो ।

अत्यन्त धेरै संख्यामा गरिएको एस.एम.एस. का आधारमा आउँदो प्रतिस्पर्धाका लागि छनौट हुने हुँदा सर्वपक्षीय अभियानसँगै सामूहिक एस.एम.एस. का लागि अर्थ संकलन समिति निर्माण भएको छ । अर्थ संकलन समितिमा तेजप्रसाद पाण्डेय, शोभाकान्त पंगेनी, लिलामणि ज्ञवाली, तुल्सीराम कण्डेल र यादव अर्याल रहनुभएको छ ।

त्यसैगरी भेलाले सुरेश सेञ्चुरीको संयोजकत्वमा बुटवल क्षेत्र समिति गठन गरेको छ । सो समितिका सदस्यहरूमा रूकु पाण्डेय, राजकुमार वाग्ले, प्रितम सापकोटा, सुवास घिमिरे वागेश्वरी संगीतालय लगायत रहनुभएको छ ।

त्यस्तै अमेरिका निवासी ध्रुव बस्यालको संयोजकत्वमा विदेश उपसमिति गठन भएको छ । समितिका सदस्यहरूमा तुल्सीराम कंडेल (यु.के.), तोयराज भट्टराई (अष्ट्रेलिया), गोविन्द भण्डारी (अष्ट्रेलिया), विशाल कण्डेल (अष्ट्रेलिया), विमल पाण्डे (कतार), प्रकाश गैरे (यु.ए.ई.), प्रियङ्का भण्डारी (फिनल्याण्ड), खिमलाल पाण्डे (कतार), शिवलाल भण्डारी (जापान), भोजराज भण्डारी (जापान), लक्ष्मी थापा (जापान), अर्जुन गिरि (कोरिया), अर्जुन थापा (जापान), यमलाल कण्डेल (हङ्कङ्), डोलराज भण्डारी (पोर्चुगल), गणेश अर्याल (मलेशिया), युवराज अर्याल (अमेरिका), विक्रम पाण्डे (कोरिया) लगायत रहनुभएको छ ।

भेलाले कृष्णप्रसाद पोखरेलको संयोजकत्वमा विद्यालय परिचालन समिति गठन गरेको छ । समितिका सदस्यहरूमाः टोपबहादुर के.सी., शिवलाल पाण्डे, लिलाधर पाण्डे, शंकर पाण्डे लगायत रहनुभएको छ ।

टी.आर. शर्माको संयोजकत्वमा प्रचार प्रसार समिति गठन भएको छ । समितिमा खेमराज रेग्मी, इन्दिरा अर्याल, कपिल ज्ञवाली, विजय पोखरेल, सुमन श्रेष्ठ, प्रकाश खनाल, धिरज पौडेल, आचार्य प्रदीप, प्रकाश आचार्य, माया के.सी., रमेश अर्याल, झविन्द्र देवकोटा, वी.पी. गौतम, मोहन न्यौपाने, शंकर पाण्डेय, फुलु सुनार, शोभाकान्त रेग्मी, गोविन्द घर्ती, कृष्ण ढकाल, रेनुका गिरि, शान्ति वि.क., ओम भण्डारी, लगायत रहनुभएको छ ।

चक्र पाठकको संयोजकत्वमा युवा परिचालन समिति गठन भएको छ । समितिका सदस्यहरूमा समय न्यौपाने, प्रेम खनाल, भूपराज पाण्डे, हेमन्त ज्ञवाली, मोहन न्यौपाने, दुर्गा पाण्डे, कृष्णप्रसाद भट्टराई, टानप्रसाद पाण्डेय, रवि अर्याल, बाला तङ्नामी, रामु कण्डेल, शिवशंकर चापागाई, इश्वरी पन्थी लगायत रहनुभएको छ ।

त्यसैगरी सागर न्यौपाने, चिरञ्जीवी बस्याल, सागर सापकोटा, तुल्सा वि.क., सुमित्रा पाण्डे, निकिता पाण्डे, निशा वन, अनु कण्डेल, कविता भण्डारी, समीर कार्की, बसन्त घिमिरे, सञ्जय पाण्डे, आदित्य अर्याल, कृति पंगेनी, प्रज्ज्वल भट्टराई लगायतको विद्यार्थी परिचालन समिति गठन भएको छ ।

साथै, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेको संयोजत्वकमा सल्लाहकार समिति गठन गरेको छ । समितिका सदस्यहरूमाः रामकृष्ण खाँण, लक्ष्मण खनाल, मोहनराज शर्मा, जगतबहादुर पोखरेल, दधिराम खरेल, जे.पी. कण्डेल, गुणनिधि भण्डारी, दीपक गैरे, बालकृष्ण भुसाल, दामोदर भुसाल, लक्ष्मण ज्ञवाली, दुर्गाप्रसाद पाण्डे, नारायण न्यौपाने, कृष्णप्रसाद पौडेल, चेतनारायण भण्डारी, टंकप्रसाद पाण्डे, गोपाल राना, रमेश डुम्रे, यानेन्द्र जि.सी., दिनेश पाण्डे, विष्णु भुसाल, जे.पी. बस्याल, गोपाल अधिकारी, भेषराज पाण्डे, पुष्पराज ढकाल, थापा बसन्त लगायत विभिन्न आमा समूह, क्लबहरू रहनुभएको समेत प्रवक्ता गैह्रेले जानकारी दिनुभयो ।
प्रत्येक बिहीबार राती पौने ९ बजेदेखि शुक्रबार (भोलिपल्ट) दिनको १२ बजेसम्म गरिएको एस.एम.एस. का आधारमा प्रतिस्पर्धीले अर्को चरणमा प्रवेश पाउने भन्दै भेलामा मोबाइलको मेसेज बक्समा गई १५ टाइप गरेर ३५२२५ मा पठाइदिन सम्पूर्ण लुम्बिनी बासीमा अनुरोध गरिएको थियो । हाल उत्कृष्ट नौ जनाभित्र प्रतिस्पर्धारत सुजातालाई नेपाल आइडलमा विजयी बनाउनका लागि गतसाता भलवारी जेसीजको आयोजनामा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले अभियानको उद्घाटन गर्नुभएको थियो ।

 

प्रकाशित मिति : ९ श्रावण २०७४ सोमबार ००:००  १२ : ५५ बजे