१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

“हामी न चुक्छौ न झुक्छौ”



बढ्दो सुचना सञ्चारको प्रयोग संगै आधुनिक सञ्चार माध्यमका रुपमा हेरिने अनलाइन मिडिया अहिलेको शसक्त सञ्चार माध्यमको रुपमा उदाएको छ । नेपालमा पनि पछिल्ला केहि बर्ष यता अनलाइन मिडिया खुल्ने क्रमले तीव्रता पाइरहेको छ । अझ भन्नु पर्दा सोसल मिडियाले अहिलेको सन्दर्भमा आफुलाई बलियो सञ्चारको रुपमा स्थापित गरेको छ । देश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुलाई सुचना पु¥याउ भन्ने हेतुले हामी मायादेवी अनलाइन पत्रिकाको शुभारम्भ गरेका छौ । हामी निकै खुसी भएका छौ ।

हाम्रा पाठकहरुले हाम्रो अनलाइन मिडियालाई जान्ने, बुझ्ने र हेर्ने कोसिस गर्नुहुनेछ । यसका साथै हामीबाट कुनै समय कमीकमजोरी भैहाले अमूल्य सल्लाह सुझाव दिनुहुनेछ भन्ने आशा पनि हाम्रो टिमले राखेको छ ।
कपिलवस्तुको वाणगंगा- ४ जीतपुर चारनम्बरबाट साउन ८ गते देखि औपचारिक रुपमा शुरु भएको मायादेवी अनलाइन पत्रिका मूलतः समाचार मुलक न्युज पोर्टल हो । हामी हाम्रा पाठकलाई सत्य, तथ्य, विश्वसनिय र टटष्त समाचार पस्किने कोसिस गर्ने छौँ । “हाम्रो टिम प्रतिबद्धता जनाउन चाहन्छ, “हामी न चुक्छौ न झुक्छौ ” । यहि भनाईलाई आत्मसाथ गर्दै हामी अगाडी बढ्ने कोसिस गरेका छौ । कपिलवस्तु जिल्लाबाट प्रकाशित हुने मायादेवी अनलाइन जिल्लाको पहिलो डिजिटल पत्रिका हो ।

विगत केहि बर्ष यता मिडियामा लगाउने लगानीकर्ता र काम गर्ने सञ्चारकर्मीको मिडिया प्रतिको आकर्षण बढीरहेको सन्दर्भ छ । मिडिया सञ्चालनमा पनि निकै चुनौतीहरु छन । आर्थिक र दक्ष जनशक्ति समस्या विद्यमान नै छ । जहाँ इच्चा त्यहाँ उपाए भने झै हामी कडा चुनौतीको विचबाट अनलाइन मिडिया सञ्चालनमा ल्याउने कोसिस गरेका हौ । हामीलाई यो विषय प्रमुख रुपमा थाहा छ मिडिया शक्तिशाली बन्न पाठक, स्रोता, दर्शक र विज्ञापनदाताको विशेष भुमिका हुन्छ भने !साथै मिडियाले पस्किने सामग्रीहरु पनि ।

पत्रकारिताको क्षेत्रमा लामो समय काम गर्नुभएका केहि अग्रज पत्रकार, अहिलेका जल्दा बल्दा युवा पत्रकार र पत्रकारितामा भविष्य खोज्दै गरेका नयाँ सञ्चारकर्मीसंगको सहकार्यबाट मायादेवी अनलाइन पत्रिका सञ्चालनमा ल्याइएको हो । राष्ट्रिय तथा स्थानीय स्तरमा हुने भष्ट्रचार, अनियमितता, ढिलासुस्ति, चोरी डकैती, बलत्कार र सामाजिक द्धेष फैलाउने कुतत्वलाई निर्मुल पार्ने हाम्रो टिमको हरदम कोसिस रहन्छ । हामी जल्ला-बल्दा विषयमा सम्पादकीय मार्फत प्रहार पनि गर्दै जाने छौ भने खोज मुलक समाचार पस्किने काम त भै नै रह्यो ! राष्ट्रिय, अन्तर्राष्ट्रिय, राजनीति, खेलकुद, मनोरञ्जन, शिक्षा, स्वास्थ्य, आर्थिक, बिकास निर्माण सम्बन्धि खोज मुलक समाचार पस्किने छौ भने मायादेवी फिचर र प्रदेश समाचारलाई पनि बढी महत्वको साथ पस्किने छौँ । आशा छ हाम्रा पाठकले हाम्रो मिडियालाई तन मन र वचनले लाखौ लाख सहयोग पु¥याउनुहुनेछ ।

प्रकाशक/सम्पादक

प्रकाशित मिति : ९ श्रावण २०७४ सोमबार ००:००  २ : ०७ बजे