७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

साउन पहिलो साता वितिसक्दा कपिलवस्तुमा ३४ प्रतिशत खेत बाझै



कपिलवस्तु ९ साउन ।
साउन पहिलो साता विति सक्दा कपिलवस्तुमा अझै ३४ प्रतिशत खेत बाझै रहेको छ । प्रयाप्त बर्षा नहुदा जिल्लामा धान रोपाई प्रभावित भएको छ । पानी नपर्दा रोपाई नराम्ररी प्रभावित बनेको हो । जिल्ला कृषि विकास कार्यालयका अनुसार साउन ८ गते सम्म ६६ प्रतिशतको हाराहारीमा मात्र रोपाई भएको छ । सिंचाईको सुविधा र पानी भएका ठाँउ बाहेक जिल्लाका सबैजसो क्षेत्रमा रोपाई बाकी छ । गत बर्ष यो अबधीमा ८५ प्रतिशत बढि रोपाई सकिएको थियो । अत्याधिक गर्मी र समयमै बर्षा नहुदा यस बर्ष धान रोपाईमा समस्या परेको हो ।

जिल्लाको उत्तरी क्षेत्र र सदरमुकाम सहितका धेरै जसो खेत अझै बाझै रहेको निमित्त कृषि विकास कार्यालयका प्रमुख खुर्सेद अहमद खाले जानकारी दिनुभयो । जिल्लाको कुल ७२ हजार हेक्टरमा लगाइने धान अहिले २५ हेक्टरको हाराहारीमा रोपाई बाकी छ । पानीको अभावका कारण तयारी अवस्थामा रहेको बीउलाई कुषहरुले रोप्न पाएका छैनन । पम्पसेट, कुलो र नहरको सुबिधा भएकाले रोपाई संपन्न गरेका छन् । पानीको अभावसंगै रोपाई गर्ने मजदुरको अभावले समेत भएकाले समेत रोपाईमा समस्या आएको कृषकहरु बताउछन ।

समयमै रोपाई नहुदा यस बर्ष धान उत्पादनमा असर पर्ने देखिएको छ । रोपिएको बीउ साउन अन्तिम सम्म हुर्किने धान अहिले सानै छ । जसले उत्पादनको समय अनुकुल वातावरण नपाउने सक्ने कृषि कार्यालयले जनाएको छ । यहि अवस्थामा रहे जिल्लाको प्रमुख बालीका रुपमा रहेको धान उत्पादनमा भारी गिरावट आउने बताईएको छ ।

जिल्लामा राधा ४, साबित्री, मसुली, जानकी, सर्जु ४९, साभा सगोल, गोल्डेन मसुली, लोकनाथ, गोरखनाथ, लोपोन्मुख प्रजाति काला नमक धान लगायत दुई दर्जन प्रजातीका धान खेती गरिन्छ । कुल खेतीयोग्य जमिन ८३ हजार मध्ये ७२ हजार हेक्टरमा धान लगाईने गरिएको छ ।

 

प्रकाशित मिति : ९ श्रावण २०७४ सोमबार ००:००  २ : ४८ बजे