७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रदेश नम्बर ५ मा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण



बाँके, साउन १० –

नेकपा एमालेले प्रदेश नम्बर ५ मा पार्टीका तर्फबाट निर्वा्चित जनप्रतिनिधिका लागि दुईदिने अभिमुखिकरण तालिम मङ्गलबारदेखि नेपालगञ्जमा सुरु गरेको छ ।
अभिमुखिकरणमा प्रत्येक तहबाट निर्वा्चित दुईजना जननिर्वा्चित प्रतिनिधीहरुको सहभागिता रहेको छ । अभिमुखिकरणमा प्रदेश ५ का स्थानीय तहमा एमालेबाट विजयी १५८ जना प्रमुख, उपप्रमुख र वडा अध्यक्षको सहभागिता रहेको छ ।
अभिमुखिकरणको नेकपा एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतमले उद्घाटन गर्दै स्थानीय तहको चुनावमाझै प्रदेश र सङ्घको निर्वाचनमा पनि पार्टी विजयी हुने दाबी गर्नुभयो । उहाँले दुई नम्बर प्रदेशमा पनि स्थानीय तहमा एमाले पहिलो दल बन्ने दाबी गर्दै प्रदेश र सङ्घको चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
अभिमुखिकरणमा एमालेका उपमहासचिव तथा प्रदेश संयोजक विष्णु पौडेल, सचिव गोकर्ण बिष्ट र प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोख्रेल र छबिलाल विश्वकर्मा लगायतका नेताहरुको सहभागिता रहेको छ । एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले जननिर्वा्चित पदाधिकारीलाई विकास र जनसेवाका लाग्न मार्ग्निर्देशन गरेर जिल्लामा पठाइने बताउनुभयो ।

प्रकाशित मिति : १० श्रावण २०७४ मंगलबार ००:००  ५ : ४८ बजे