१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आज ६८ औँ हलो क्रान्ति दिवस मनाईंदै



काठमाडौं, ११ साउन ।
६८ औँ हलो क्रान्ति दिवस बुधबार मनाईंदै छ । प्रजातन्त्रको स्थापना हुनुअघि २००६ साल साउन ११ गते लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाँकेगरामा बाहुनले सामूहिक रुपमा हलो जोतेको सम्झनामा हरेक वर्ष साउन ११ गते यो दिवस मनाइन्छ ।
राणा सरकारको तानशाही संस्कारसँगै मौलाएको ब्राह्मणवाद र जातीय भेदभावसँगै हली प्रथा अन्त्यका लागि पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारी लगायत २७ जनाले पहिलो पटक हलो जोत्नुभएको थियो ।
हलो जोतेकै निहुँमा त्यतिबेला उहाँहरु पक्राउ पर्नुभएको थियो । २००६ सालमा दुराडाँडामा पहिलोपटक हलो जोतेपछि तनहुँ, कास्की र धादिङमा पनि जोत्न सुरु गरिएको थियो । दिवसको अवसरमा बुधबार लमजुङको दुराडाँडामा विशेष कार्यक्रम हुँदैछ ।

प्रकाशित मिति : ११ श्रावण २०७४ बुधबार ००:००  ७ : ०८ बजे