१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मिल्ने भए विकेकशील र साझा पार्टी, ‘विवेकशील साझा पार्टी’ रहने



काठमाडौं, ११ साउन ।
विवेकशील नेपाली दल र साझा पार्टी्बिच एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राख्ने सहमति भएको छ । विवेकशील नेपाली दल र साझा पार्टी्बिच चुनाव चिन्ह तराजु राख्ने सहमति भएको दुवै पार्टीले जनाएका छन् ।
एकीकृत पार्टीमा विवेकशीलका अध्यक्ष उज्ववल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संयुक्त नेतृत्व हुनेछ । दुवैलाई सहसंयोजक पद दिइएको छ । ८ जनाको संयोजन समिति पनि बन्नेछ । पार्टीको केन्द्रीय समिति ५१ सदस्यीयसम्मको हुनेछ । अहिले दुवै पार्टीबाट १७ र १७ जना छन् भने १७ जनालाई केन्द्रीय सदस्य मनोनित गर्ने सहमति भएको छ ।
दुवै पक्षबिच एक वर्ष्भित्र महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने समझदारी भएको नेताहरुले बताएका छन् । नयाँ ढंगबाट उत्तरदायी र जिम्मेवार राजनीतिको संस्कार बसाउने उदेश्यका साथ पार्टी एकीकरण हुन लागेको र त्यसमा चुस्त केन्द्रीय कमिटि बनाउने सहमति भएको साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ श्रावण २०७४ बुधबार ००:००  ७ : १० बजे